अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५३ | Colorodo: 03:08

एमाले सचिवालय बैठक: वार्षिक कार्ययोजना पारित, कमिटीको मूल्यांकनदेखि युवा सम्मेलनसम्म

बिआरटीनेपाल २०८१ भदौ २८ गते ६:४९ मा प्रकाशित

ःनेकपा एमालेले निर्णायक शक्ति बनाउने वार्षिक कार्य योजना पारित गरेको छ । शुक्रवार बसेको एमाले सचिवालयको ३६ औँ बैठकले पार्टीको वार्षिक कार्यायोजना पारित गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । वार्षिक कार्य योजनामा १८ विषय समेटिएका छन् । जसमा पार्टी सदस्यता नवीकरण,विस्तार र अभिलेखीकरणको कामलाई एमालेले कार्य योजनाको पहिलो विषय बनाएको छ । त्यस्तै नियमित रूपमा अधिवेशन र व्यवस्थापन अन्तर्गत बाँकी रहेका जिल्लाहरूको अधिवेशन कात्तिक महिनाभित्र सम्पन्न गर्ने एमाले कार्ययोजनामा समेटिएको छ । एमालेले सबै तहका अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गर्ने योजना बनाएको छ ।

पार्टी प्रवेश गरेका र अधिवेशनहरूबाट बिदा भएका नेता कार्यकर्ताहरूलाई तीन महिनाभित्र पार्टीका तर्फबाट यथोचित जिम्मेवारी दिन गृहकार्य गर्ने, पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कन विधि निर्माण गर्ने र कमिटीभित्रको अन्तर्विरोध व्यवस्थापनलाई आधार बनाएर कार्य योजना बनाएको छ । एमालेले प्रत्येक वर्ष पार्टीका सम्पूर्ण कार्यकर्ता स्कुलिङमा सामेल हुनुपर्ने, सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने विषय पनि कार्य योजनामा समेटिएको महासचिव पोखरेलको भनाइ छ ।

केन्द्रदेखि वडासम्मका पार्टी कार्यालयहरू व्यवस्थापन, प्रचारमा सोसल मिडिया परिचालन, कामका नयाँ क्षेत्र पहिचान र जिम्मेवारी, सबै तहका कमिटीमा वार्षिक बजेट तय गर्ने, पार्टी शुद्धीकरण अन्तर्गत जीवन शैली जनतामा स्वीकार्य हुनुपर्ने पनि एमालेको कार्य योजनामा छ । मिसन ८४ को लक्ष्य पुरा गर्न जनसङ्गठन परिचालन, प्रवासीहरूलाई देश हितका पक्षमा प्रयोग गर्ने, भवन निर्माण कार्य योजना, नियमित रिपोर्टिङ प्रणाली अघि सार्ने सोच अघि सारेको छ ।

त्यस्तै ४० वर्षमुनिका युवाहरूको ‘यूथ समिट’ गर्ने योजना समेत एमालेले बनाएको छ । बैठकले भाकपाका नेता सिताराम यचुरीको निधनप्रति दुःख व्यक्त गर्दै अन्तिम संस्कारमा वरिष्ठ नेता पोखरेल भारत जाने निर्णय एमालेले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू