अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२१ | Colorodo: 23:36

कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार

बिआरटीनेपाल २०८१ भदौ २८ गते ६:३५ मा प्रकाशित

कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । सरकार विस्तार भएसँगै नेपाली काँग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

कृष्णप्रसाद सिटौला समूहका प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् । सिटौला पक्षकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

यस्तै खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री तथा सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् । हाङ्गाम सभापति शेरबहादुर देउवा समूहका हुन् । मण्डल ज्ञानेन्द्र कार्की निकट मानिन्छन् ।

प्रतिक्रिया