अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२३ | Colorodo: 23:38

बुधवारदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

बिआरटीनेपाल २०८१ भदौ २८ गते ६:२९ मा प्रकाशित

गत बुधवारदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । पानीका कारण बुधवार बेलुकादेखि कर्णाली राजमार्ग अवरुद्ध थियो । कालिकोटको शुभकालीका–एक एसमोड, गगनेखोला र खाँडाचक्र–दुई हुल्ममा ढुङ्गासहितको माटो आउँदा राजमार्ग अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रहरी कार्यालय कालीकोट र जिल्ला प्रशासन कार्यालय कालीकोटको सहयोगमा सडक खुलाउने काम भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख अर्जुन केसीले बताउनुभयो । पानी परेका कारण दैलेख, कालिकोट, जुम्ला र मुगुमा बिजुली बत्ति अवरुद्ध छ । जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया