अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२४ | Colorodo: 23:39

कर प्रशासनमा उल्लेखनीय सुधार हुने गरी काम गर्न अर्थमन्त्री पौडेलको निर्देशन

बिआरटीनेपाल २०८१ भदौ २८ गते ६:२२ मा प्रकाशित

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनीय सुधार हुने गरी काम गर्न निर्देशन दिनुभएको छ । काठमाण्डौको लाजिम्पाटमा रहेको आन्तरिक राजश्व विभागको स्थलगत अवलोकनका क्रममा उहाँले आन्तरिक श्रोत परिचालनलाई प्रभावकारी बनाउन कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने काममा लाग्नुपर्ने बताउनुभयो । उहाँले लक्षित राजश्व लक्ष्य सम्पूर्ण रुपमा पूरा गर्न पनि निर्देशन दिनुभयो ।

उपप्रधान एवम् अर्थमन्त्री पौडेलले कोही पनि सरुवा, बढुवा वा अरू कुनै प्रयोजनका लागि मन्त्रीलाई भेट्न नआउन पनि आग्रह गर्नुभयो । मन्त्री पौडेलले आफ्नो रुची र चासो कर प्रशासनमा उल्लेखनीय सुधार र लक्ष्य पूरा गर्नेमा केन्द्रित रहेको बताउनुभयो । उहाँले सरकारले लिएको राजश्व उठाउनका लागि आवश्यक सहयोग के चाहिन्छ सरकारसँग माग्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया