अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१३ | Colorodo: 23:28

उपसभामुख रानालाई पदबाट हटाउन सम्भव छैन : पूर्वसभामुख सापकोटा

बिआरटीनेपाल २०८१ भदौ २८ गते ६:१३ मा प्रकाशित

पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताउनुभएको छ ।शुक्रबार पूर्वसभामुख सापकोटाले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उपसभामुख रानालाई हटाउन खोजिएको बताउनुभयो । उहाँले सत्तारुढ दलहरुले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उपसभामुखलाई हटाउन सम्भव नभएको बताउनुभयो ।

पूर्वसभामुख सापकोटाले सरकार संवैधानिक परिषद्मा अल्पमतमा परेका कारण उपसभामुखलाई हटाउने कुरा उठाइएको बताउनुभयो । उहाँले संवैधानिक परिषद्मा गरिने निर्णयलाई सहज बनाउनका लागि सो एजेण्डा उठाइएको बताउनुभयो । पूर्वसभामुख सापकोटाले सभामुख र उपसभामुखले संसदको गरिमा र ओझ राख्नुपर्ने बताउनुभयो । उहाँले सभामुख र उपसभामुखले संसदको गरिमामा आँच आउने काम गर्नु नहुने बताउनुभयो ।

प्रतिक्रिया