अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५६ | Colorodo: 03:11

प्रधानमन्त्री ओलीबाट पलेशालाई नगद पुरस्कार प्रदान

बिआरटीनेपाल २०८१ भदौ २८ गते ५:५२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक २०२४ मा कास्य पदक विजेता पलेशा गोवर्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई आज पुरस्कृत गर्नुभएको छ ।मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई ६५ लाख रुपैयाँ पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरिएको हो ।

यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार रुपैयाँ र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो-छिटो पुरस्कार दिने र राशीमा कर नकटाउने नीति लिइएको बताउनुभयो ।

उहाँले आगामी विश्वस्तरका खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेसाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठुलो पदक भएकाले देशले गौरव गरेको बताउनुभयो ।

प्रतिक्रिया