अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२ | Colorodo: 02:57

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम, एकैदिन तीन हजारले वृद्धि

बिआरटीनेपाल २०८१ भदौ २८ गते ५:५० मा प्रकाशित

स्थानीय बजारमा आज (शुक्रबार) सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा तीन हजारले वृद्धि भएको हो ।

बिहीबार प्रतितोला एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५६ हजार तीन सय निर्धारण भएको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ६५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार सात सय ९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार आठ सय ६०  निर्धारण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू