अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४७ | Colorodo: 03:02

प्रधानमन्त्री ओलीद्वारा देउवा र प्रचण्डसँग संवैधानिक परिषद्को बैठक र संवैधानिक निकायका रिक्त पदमा सिफारिसबारे छलफल

बिआरटीनेपाल २०८१ भदौ २७ गते ६:१८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ । बालुवाटारमा भएको छलफलमा संवैधानिक परिषद्को बैठक बोलाउने र संवैधानिक निकायका रिक्त पदमा नियुक्तीको सिफारिस लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकभर भोलिको बैठकमा नै रिक्त पदमा पदाधिकारीको सिफारिस गर्न सुझाव दिनुभएको छ । उपसभामुख इन्दिरा रानामगरलाई सत्तारुढ दलहरुले हटाउने तयारी गरिरहेका छन्, तर दलहरुले हटाउनुअघि नै विभिन्न संवैधानिक पदमा नियुक्तीको सिफारिस गर्ने प्रचण्डको योजना रहेको छ ।

संवैधानिक परिषद्मा प्रधानमन्त्रीको नेतृत्वमा, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता र प्रधानन्यायाधीस रहने व्यवस्था छ । अहिले संवैधानिक परिषद्मा विपक्षी दल हाबी भएकाले प्रधानमन्त्रीसहित सत्तारुढ दलले उपसभामुखलाई हटाउने तयारी गरेका हुन् । एमाले र कांग्रेसले यो विषयमा छलफल गरिसकेका छन् । तर दुई तिहाई मत नपुग्ने डरले हटाउने प्रस्ताव अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू