अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१६ | Colorodo: 04:31

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन

बिआरटीनेपाल २०८१ भदौ २७ गते ६:०१ मा प्रकाशित

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ । केही समयदेखि बिरामी रहेका ७२ वर्षीय येचुरीको नयाँ दिल्लीको एम्स अस्पतालाम उपचारको क्रममा निधन भएको बीबीसी हिन्दीले जनाएको छ । उहाँलाई श्वासप्रश्वासको गम्भीर समस्या थियो ।

सीताराम येचुरी भारतीय कम्युनिष्ट राजनीतिमा ठूलो नाम थियो । उहाँ ३२ वर्षसम्म भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटब्यूरोका सदस्य हुनुहुन्थ्यो । यस्तै सन् २०१५ देखि महासचिव हुनुहुन्थ्यो । यस्तै सन् २००५ देखि १०२७ सम्म राज्यसभा सदस्य हुनुहुन्थ्यो । येचुरीको निधप्रति भारतीय नेताहरुले दुःख व्यक्त गरेका छन् ।

कांग्रेस आईका नेता राहुल गान्धीले येचुरीसँगको तस्बिर सामाजिक सञ्जालमा राखेर देश बुझेको एउटा असल मित्र गुमाएको बताउनुभएको छ । पश्चिम बङ्गालकी मुख्यमन्त्री तथा तृणमुल कांग्रेसकी प्रमुख ममता बनर्जीले येचुरीको निधनको खबर सुनेर दुःख लागेको भन्दै उहाँको विदाइ राष्ट्रिय राजनीतिको लागि एउटा क्षति भएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू