अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

उच्च मूल्यबाट सुनको भाउ एक सय रुपैयाँले घट्यो

बिआरटीनेपाल २०८१ भदौ २७ गते ५:४२ मा प्रकाशित

सुनको भाउ आज उच्च मूल्यबाट एक सय रुपैयाँले घटेको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको  एक लाख ५३ हजार चार सय रुपैयाँ पुगेकामा आज एक सय रुपैयाँले घटेर एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर एक हजार सात सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार सात सय ८० रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू