अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

२३औँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा

बिआरटीनेपाल २०८१ भदौ २७ गते ५:३९ मा प्रकाशित

सहारा क्लब पोखराले गत वर्ष माघमा आयोजना गरेको २३औँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा गएको बताएको छ । क्लबले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आयोजना गर्दा १५ लाख ३८ हजार चार सय ६६ रुपैयाँ घाटा भएको जनाएको हो ।

क्लबका अध्यक्ष केशवराज बरालले आर्थिक मन्दीका कारण प्रायोजन रकम कम जुटेपछि खर्च धान्न नसकेको बताउनुभयो । २३औ संस्करणमा केही विदेशी टोली ल्याउँदा खेलाडीको दैनिक भ्रमण भत्तालगायतमा बढी खर्च भएको उहाँको भनाइ छ ।  प्रतियोगिताको इतिहासमा पहिलो पटक क्लबले घाटा व्यहोर्नुपरेको अध्यक्ष बरालले बताउनुभयो ।

प्रतियोगितामा जम्मा ९९ लाख ९५ हजार चार सय ५१ आम्दानी भएको छ भनि एक करोड १५ लाख ३३ हजार नौ सय १७ रुपैयाँ खर्च भएको अर्थ सङ्कलन उपसमितिका संयोजक सुनिल गुरुङले जानकारी दिनुभयो । क्लबले विगत २४ वर्षदेखि आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । मोफसलको प्रतिष्ठित प्रतियोगिताको २३औँ संस्करणको विजेता त्रिभुवन आर्मी क्लब र उपविजेता थ्री स्टार क्लब बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू