अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

प्रमुख प्रतिपक्षी माओवादीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

बिआरटीनेपाल २०८१ भदौ २६ गते ६:४२ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको अवरोधका कारण प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले सांसदहरूबाट सभा सञ्चालनमा सहयोग नभएको भन्दै प्रतिनिधि सभा बैठक स्थगित गर्नुभएको हो । सभामुख घिमिरेका अनुसार भदौ ३० गतेसम्मका लागि बैठक स्थगित भएको छ। ‘सभा सञ्चालन गर्न सहयोग गर्नु भएन। त्यसले गर्दा कार्यसूचीमा रहेका बाँकी सबै कार्यक्रम सूचीबाट हटाइएको जानकारी गराउँछु,’ उहाँले भन्नुभयो, ‘अब अर्को बैठक भदौ ३० गते आइतबार दिनको एक बजे बस्ने गरी स्थगित हुन्छ।’

नेकपा ९एमाले० का सांसद योगेश भट्टराईले भदौ १२ गतेको प्रतिनिधि सभामा प्रयोग गरेको हिंसा शब्द असंसदीय भन्ने नरहेको जानकारी गराएपछि माओवादीका सांसदहरूले विरोध जनाएका थिए। यसबारे बुधबारको बैठकमा सभामुख घिमिरेले उक्त हिंसा शब्द असंसदीय नदेखिएको हुँदा संसदको अभिलेखबाट हटाउनु नपर्ने व्यहोरा जानकारी गराउनुभएको थियो । माओवादीले हिंसा शब्द रेकर्डबाट हटाउन माग गरेको थियो। उक्त शब्द हटाउनु नपर्ने सभामुखले जानकारी गराएपछि प्रमुख सचेतक हितराज पाण्डेले विरोध जनाउनुभयो ।

उहाँले संविधान र कानुनलाई हेरेर संघीय संसद सचिवालय अघि बढ्नुपर्ने पनि बताउनुभयो। यसपछि एमाले सांसद रघुजी पन्त बोल्नुभएको थियो। उहाँले माओवादीकै नेताहरूले संसदमा धेरै पटक हिंसा शब्द प्रयोग गर्ने गरेको बताउनुभएको थियो। यसपछि माओवादी र एमाले सांसदहरूबीच वादविवाद भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू