अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 00:43

उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा रहँदैनः सिके राउत

बिआरटीनेपाल २०८१ भदौ २६ गते ६:२८ मा प्रकाशित

जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताउनुभएको छ । बुधवार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष राउतले सरकारले गलत नियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउन लागेको बताउनुभएको हो। उहाँले सरकारले संवैधानिक परिषद्मा आफ्नो बहुमत पुर्‍याउनका लागि उपसभामुखलाई हटाउन लागेको बताउनुभयो। संवैधानिक परिषद्मा बहुमत नपुग्दा आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भएकाले गलत नियत राखिएको राउतको भनाई छ। अध्यक्ष राउतले उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा नरहने बताउनुभयो।

राउतले भन्नुभयो – ‘एकदम गलत नियतका साथ भइरहेको छ। संवैधानिक परिषद्मा बहुमत पु¥याउनका लागि भइरहेको छ। अहिले आदि आदि भयो। ३–३ वटा सिट भएपछि त्यहाँबाट आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भयो भनेर हटाउनका लागि यो भइरहेको छ। जुन गलत नियतका साथ हुन्छ, त्यो पक्कै पनि गलत हुन्छ।’उहाँले सरकार र प्रतिनिधि सभा साना पार्टीहरुलाई कसरी सखाप पार्न सकिन्छ भन्नेमा केन्द्रित भएको बताउनुभयो। उहाँले आफूले सरकार भएको महशुस गर्न नसकेको पनि बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू