अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०५ | Colorodo: 00:20

शेयर बजार ओरालाे यात्रामै, ६ दिनमा २ सय २० अङ्कले घट्याे

बिआरटीनेपाल २०८१ भदौ २६ गते ६:०३ मा प्रकाशित

शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ७३ अङ्कले घटेर दुई हजार ६ सय १० दशमलव २१ विन्दुमा झरेको छ ।नेप्से पछिल्लो ६ कारोबार दिन लगातार घटिरहेको छ । नेप्से गएको हप्ताको बुधवार ९० दशमलव ७३, बिहीवार १२ दशमलव १० अङ्कले घटेको थियो । यस्तै यो हप्ताको आइतवार २५ दशमलव ४६, सोमवार ५५ दशमलव ८६ र हिजो मङ्गलवार १३ दशमलव शून्य नौ अङ्कले घटेको थियो ।

६ कारोबार दिनमा शेयर बजार दुई सय २० अङ्कले घटेको छ । गएको भदौ १८ गते मङ्गलवार दुई हजार आठ सय ३० विन्दुमा रहेको नेप्से आज दुई हजार ६ सय १० विन्दुमा आइपुगेको छ ।आज फाइनान्स, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज एशियन हाइड्रोपावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । केही दिनयता कारोबार रकम पनि घटिरहेको छ । आज तीन सय १७ वटा कम्पनीका एक करोड ५४ लाख कित्ता शेयर ६ अर्ब ८५ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू