अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५६ | Colorodo: 03:11

बिहीवार बेलुकादेखि शनिवार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना, पश्चिम क्षेत्रका केही ठाउँमा ठूलाे पानी पर्न सक्ने

बिआरटीनेपाल २०८१ भदौ २६ गते ६:०१ मा प्रकाशित

बिहीवार बेलुकादेखि शनिवार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसमी बुलेटिन निकालेर देशका धेरै ठाउँमा तीन दिनसम्म पानी पर्ने पूर्वानुमान गरेको छ । केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । महाशाखाले त्यसैअनुसारको आवश्यक सतर्कता र सावधानी अपनाउनसमेत आग्रह गरेको छ ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले भारतको मध्यप्रदेश आसपासमा रहेकाे न्यून चापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिमतिर अर्थात् (नेपाल नजिक) सर्ने सम्भावना देखिएको जानकारी दिनुभयो । यसैको प्रभावले भोलि बेलुकादेखि शनिवार बिहानसम्म विशेषगरी नेपालको पश्चिम क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना छ । कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम, बर्दिया र सुर्खेतमा ठूलो पानी पर्नसक्ने अनुमान गरिएको छ ।

महाशाखाले पानी पर्दा हुनसक्ने बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा बढ्न सक्ने पानीको सतहलाई ख्याल गरी सावधानी अपनाउन भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू