अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७ | Colorodo: 05:32

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

बिआरटीनेपाल २०८१ भदौ २६ गते ५:४० मा प्रकाशित

सुनको मूल्यमा फेरि उचाईको नयाँ रेकर्ड कायम भएको छ । निरन्तर अकाशिंदै गएको सुनको भाउमा पछिल्ला ४ दिन सामान्य स्थिर जसै रहेको थियो ।बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य एकै पटक तोलामा हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ४ सयको उचाइ कायम भएको हो । यो हालसम्मकै उच्च हो ।

यसअघि भदौ २१ गते शुक्रबार १ लाख ५३ हजार ३ सयको रेकर्ड कायम भएको थियो । यसदिन चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर १७ सय ८० कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔंन्स २५ सय ५० डलर आसपासमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू