अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४५ | Colorodo: 19:00

अमेरिकी राष्ट्रपतिका उम्मेद्वार ट्रम्प र ह्यारिस बहसमा सहभागी हुँदै

बिआरटीनेपाल २०८१ भदौ २५ गते ६:४२ मा प्रकाशित

अमेरिकी राष्ट्रपतिका लागि उम्मेद्वार कमला ह्यारिस र डोनाल्ड ट्रम्प आज टेलिभिजन मार्फत हुने राष्ट्रपतीय बहसमा सहभागी हुनुहुने भएको छ । अमेरिकामा आज दोस्रो चरणको राष्ट्रपतीय बहस हुन लागेको हो । यसअघि भएको पहिलो चरणको बहसमा ट्रम्प र चुनावबाट बाहिरिने निर्णय गर्नुअघि राष्ट्रपति जो वाइडेन सहभागी हुनुभएको थियो ।

बहस दोस्रो पटक हुन लागेको भएपनि डेमोक्रेटिक उपराष्ट्रपति ह्यारिस र रिपब्लिकन पूर्वराष्ट्रपति ट्रम्प भने पहिलो पटकसँगै बहसमा सहभागी हुन लाग्नुभएको बीबीसीले जनाएको छ । यो बहस टेलिभिजनमा धेरैले हेर्ने र कसलाई भोट दिने भन्ने तय गर्न अमेरिकी मतदातालाई सहयोग पुग्ने अपेक्षा छ ।

अमेरिकाको एबीसी टेलिभिजनबाट प्रसारण हुने बहस कार्यक्रम एबीसी न्यूज लाइभ, डिज्नी प्लस र हुलु बाट पनि प्रत्यक्ष प्रसारण हुने समाचारमा जनाइएको छ । आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावका सन्दर्भमा लामो समयदेखि विभिन्न सर्वेक्षण हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू