अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१६ | Colorodo: 00:31

सहकारी रकम अपचलनकाे आराेपबारे धनराज गुरुङ– ‘जसले जताबाट अनुसन्धान थाले पनि हुन्छ’

बिआरटीनेपाल २०८१ भदौ २५ गते ६:३४ मा प्रकाशित

नेपाली कांग्रेसका उपसभापति एवम् सांसद धनराज गुरुङले सहकारी छानबिन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाएको बताउनुभएको छ ।प्रतिनिधिसभाकाे आजकाे बैठकमा विशेष समय लिएर बोल्दै उपसभापति गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगीबारे छानबिन भइरहेका बेला त्यसलाई अन्तै मोड्नका लागि आफूमाथि आरोप लगाएको जिकिर गर्नुभएको हो ।

गुरुङले आफूमाथि आशङ्का भए तत्काल छानबिन गर्न पनि सरकार र संसद्को ध्यानाकर्षण गराउनुभयो । उहाँले आफूले निष्ठा, नैतिकता र सुशासन प्रदर्शन गर्दै आएको भन्दै त्यसमा प्रतिबद्ध रहेको पनि जिकिर गर्नुभयो । धनराज गुरुङकी श्रीमती ज्याेति गुरुङले प्रबन्धकको पदमा रहँदा मितेरी सहकारीको १४ करोड रुपैयाँ हिनामिना गरेको र त्यो पैसा धनराज गुरुङले समेत चलाएको आरोप लागेको छ ।

उहाँले भन्नुभयो, ‘म निष्ठा र नैतिकताको राजनीतिमा विश्वास गर्दछु । ममाथि लागेको आरोपको सत्य, तथ्य छानबिन गरिदिन म सभामुख, गृहमन्त्री र सम्बद्ध निकायहरूलाई आग्रह गर्दछु । सहकारी ठगीसम्बन्धि प्रतिवेदन आउन लागेको अन्तिम समयमा विषयवस्तुलाई अन्तै मोड्न रचिएको यो घटनाको छिटोभन्दा छिटो छानबिन गर्न माग गर्दछु । धनराज गुरुङ खुला किताब हो । जसले जताबाट अनुसन्धान थाले पनि हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू