अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०५ | Colorodo: 00:20

७० हजार उडान ‘साइकल’ गरेको बुद्धको एटीआर ४२ विमानको बिदाइ

बिआरटीनेपाल २०८१ भदौ २५ गते ६:२१ मा प्रकाशित

बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन–एआईएन) विमानको बिदाइ गरेको छ । यो विमानले सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यावसायिक उडान सुरु गरेको थियो । विमानले मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको थियो । १६ वर्षको सेवापछि विमान उडाउन बन्द गरेर ह्यांगरमा राखिएको छ । यो विमानलाई बुद्ध एयरका कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वाटर स्यालुट’सहित बिदाइ गरे । ७० हजार उडान साइकलपछि एटीआर ४२–३२० नाइन एन–एआईएन विमानको बिदाइ गरिएको हो ।

बुद्ध एयरमार्फत नेपाली आकाशमा ४० हजार टेकअफ ल्यान्ड गर्दै ७० हजार उडान साइकल पूरा गरेको विमानले अहिलेसम्म १८ लाख यात्रुलाई सेवा दिएको छ । एक टेकअफ र ल्यान्डिङबराबर एक उडान साइकल हुन्छ । एटीआर विमान उत्पादक कम्पनीले उत्पादन गरेको मध्ये पूरा समय ७० हजार उडान साइकलपछि बिदाइ हुने नाइन एन–एआईएन पहिलो विमान भएको बुद्ध एयरले जनाएको छ । नेपालमा मात्र यसले ४० हजार उडान साइकल गरेको छ । ४७ सिट क्षमताको यो विमानले १९९७ डिसेम्बर २८ देखि उड्न थालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू