अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 04:38

उपसभामुखलाई हटाउने कुरा दलहरूको स्वेच्छाचारी र अत्याचारयुक्त कदम : रास्वपा

बिआरटीनेपाल २०८१ भदौ २५ गते ६:०७ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सत्ता गठबन्धनले लोकतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाएको छ ।उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेको सङ्केत पाएपछि आजको संसद् बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने कुरा दलहरूको स्वेच्छाचारी र अत्याचारयुक्त कदम हुने भन्दै यसले दलहरू मात्रै नभई नेपाली लोकतन्त्रलाई नै क्षति हुने बताउनुभएको हो ।

संवैधानिक परिषद्मा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा राजनीतिक दलहरू उपसभामुखलाई हटाउने सल्लाह गर्दै हिँडेको कुराले लोकतन्त्रलाई नै गिज्याएको भन्दै परियारले रास्वपाले एउटा सम्मानित पद गुमाउला तर लोकतन्त्रका लागि लड्ने बताउनुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रले पनि उपसभामुख रानालाई हटाउने तयारीको विरोध गरेको छ । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख रानालाई हटाउन खोजे माओवादीले प्रतिवाद गर्ने बताउनुभएको छ । यस्तै माओवादी केन्द्रकै सांसद हितबहादुर तामाङले पनि उपसभामुखलाई हटाउने कुरा स्वीकार्य नहुने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू