अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२६ | Colorodo: 04:41

उपसभामुख रानालाई सांसद पौडेलको आग्रह – माओवादी केन्द्रको साथ छ नडराउनु

बिआरटीनेपाल २०८१ भदौ २५ गते ५:५७ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले उपसभामुखमाथि महाअभियोग लगाउनुले लोकतन्त्रको संरक्षण हुन नसक्ने बताउनुभएको छ ।मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले उपसभामुखलाई हटाउने कुरा संसदमा प्रवेश हुनु दुःखदायी भएको बताउनुभयो । उहाँले सहमतीको आधारमा उपसभामुख बन्नु भएकी इन्दिरा रानालाई हटाउनुले लोकतन्त्र अगाडि बढ्न नसक्ने धारणा राख्नुभयो ।

सांसद पौडेलले यसरी हटाउने प्रवृत्तिले लोकतन्त्रको संरक्षण, विकास र सहकार्यको प्रणाली अगाडि बढ्न नसक्ने बताउनुभयो । उहाँले प्रश्न उठ्नासाथ राजीनामा दिनुपर्ने भए मन्त्रीहरुबारे पनि धेरै प्रश्नहरु रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारका मन्त्रीमाथि भूटानी शरणार्थी, बालुवाटार जग्गा र गिरिबन्धु टि स्टेट प्रकरणमा प्रश्न उठेको भन्दै राजीनामा दिन तयार हो भनि प्रश्न गर्नुभयो । सांसद पौडेलले उपसभामुख रानालाई नडराउन आग्रह गर्दै माओवादी केन्द्र साथमा रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू