अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४० | Colorodo: 04:55

विपीको बारेमा अध्ययन र अनुसन्धान हुन जरुरी : कांग्रेस सभापति देउवा

बिआरटीनेपाल २०८१ भदौ २५ गते ५:५२ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपी कोईरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुन जरुरी रहेको बताउनुभएको छ ।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रजातान्त्रिक समाजवाद संसारकै उत्तम समाजवाद भएको जिकिर गर्नुभयो । उहाँले विपी कोईरालालाई सानो देशको ठूलो नेताका रुपमा चित्रण गर्नुभयो । उहाँले विपीलाई ज्ञान नभएको विषय नै नरहेको बताउनुभयो ।

सभापति देउवाले विपी धेरै विषयको ज्ञानी भएपनि समयानुसार केही कुराहरु परिवर्तन हुने बताउनुभयो । उहाँले विपीले त्यो बेलामा सबैले गाई पाल्नुपर्छ भन्नुभएको तर अहिले सबैलाई दुध खुवाउनुपर्छ भनेर डेरी कन्सेप्ट आएको बताउनुभयो । उहाँले गाई सबैले पाल्नुपर्छ भन्दा पनि सबैले दुध पिउन पाउनुपर्छ भन्नेकुरा महत्वपूर्ण रहेको बताउनुभयो । विपी कोईराला अलराउण्डर भएको समेत बताउनुभयो । सभापति देउवाले विपीले छोडेर गएका प्रजातान्त्रिक समाजवादलाई अध्ययन गरी बिस्तार गर्न आवश्यक रहेको बताउनुभयो । विपी जस्तो नेता अहिलेसम्म अरु पार्टीमा नजन्मिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू