अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 18:51

भियतनाममा यागी चक्रवातका कारण ६५ जनाको मृत्यु

बिआरटीनेपाल २०८१ भदौ २५ गते ५:४७ मा प्रकाशित

भियतनामको उत्तरी क्षेत्रमा ‘सुपर टाइफुन’ यागीसँगै आएको बाढीपहिरोमा परी ६५ जनाको मृत्यु भएको छ ।चक्रवतका कारण ३९ जना बेपत्ता रहेका र सात सय ५२ जना घाइते भएका देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको हो।मंगलबार लाओ काई र येन बाई प्रान्तको थाओ नदीको जलस्तरले सन् १९६८ र २००८ को ऐतिहासिक रेकर्ड पार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

राजधानी हनोईले बुई र काउ नदीमा पानीको स्तर बढ्दो क्रममा रहेकाले उच्च चेतावनी जारी गरिएको छ ।हनोईको रेड नदीको बढ्दो जलस्तरले सोमबारदेखि सहरका विभिन्न क्षेत्रमा बाढी आएको भियतनाम समाचार समितिले जनाएको छ । भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले चक्रवातबाट प्रभावित पाँच प्रान्तलाई सहयोग गर्न २०२४ को बजेटबाट १०० बिलियन भियतनामी डोङ वा (करिब चार मिलियन अमेरिकी डलर) छुट्ट्याउने निर्णय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू