अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०९ | Colorodo: 10:24

योग्यताको कदर नभएपछि तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकबाट संगिना वैद्यको राजीनामा

बिआरटीनेपाल २०८१ भदौ २३ गते ६:४० मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकबाट संगिना वैद्यले राजीनामा दिनुभएको छ । उहाँले आफ्नो योग्दताको कदर नभएको तथा अपमानित भएको महसुस गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङलाई राजीनामा दिनुभएको हो । यसअघि गत मंगलबार विभागका निर्देशक प्रचण्ड शर्माले उमेर हदका कारण अनिवार्य अवकास पाउनुभएको थियो। निर्देशकको पद खाली भएपछि स्वभाविक रूपमा ओलम्पियन समेत रहेकी वैद्यको दाबी थियो।

तर खेलकुद मन्त्री तेजुलाल चौधरीको निर्देशनमा कराते प्रशिक्षक सोभितराज प्रसाईंलाई निर्देशक बनाइएको थियो। आफूभन्दा जुनियर व्यक्ति निर्देशक भएपछि आफूले उपनिर्देशकबाट राजीनामा दिएको वैद्यले बताउनुभयो। उहाँका अनुसार हाल निर्देशक नियुक्त भएका प्रसाईं भन्दा वैद्य एक वर्षले सिनियर प्रशिक्षक हुनुहुन्छ । वैद्यले आइतबार सदस्य सचिव घिसिङलाई हालको अवस्थामा पदमा बस्ने वातावरण नभएकाले पदबाट राजीनामा दिएको उहाँले बुझाएको राजीनामा पत्रमा उल्लेख छ। उहाँले आफूभन्दा जुनियरलाई निर्देशक बनाएपछि अपमानित महसुस भएको समेत बताउनुभयो

वैद्य नेपालबाट ओलम्पिक छनोट जितेर सहभागी हुने पहिलो खेलाडी हुनुहुन्छ। साथै एसियाली तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेर कीर्तिमान बनाएकी वैद्यले साग गेम्समा २ स्वर्ण पनि जित्नुभएको छ । उहाँ२०५२ सालमा परिषदका प्रशिक्षकको रुपमा कर्मचारी नियुक्त भएकी थिइन् भने २०६३ सालमा बढुवा हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू