राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डाको मूल संवाहक राप्रपा नेपाल भएको बताउनुभएको छ । काठमाडौंको जोरपाटीमा आयोजित क्षेत्रीय प्रशिक्षणमा बोल्दै थापाले सत्ता केन्द्रीत होइन सिद्धान्त केन्द्रित नीति र आन्दोलनलाई केन्द्रमा राखेर राष्ट्रबादी शक्ति एक ठाउँमा आउनुपर्नेमा समेत जोड दिनुभयो ।
थापाले नेपाली राजनीति ध्रुविकृत हुँदै गरेकोले साम्यवादीरपुँजिवादी शक्तिहरूको विकल्पमा राष्ट्रवादी शक्तिहरु पनि एक हुनुपर्ने जरुरी भएको बताउनुभयो ।विगतका त्रुटिबाट सबैले पाठ सिकेर अघि बढ्नु पर्नेमा जोड दिदै थापाले एकताको न्युनतम शर्त सत्ता केन्द्रित होईन सिद्धान्तकेन्द्रित नीति र आन्दोलनु हुनुपर्ने समेत स्पष्ट पार्नुभयो । उहाँले ०८४ साल अगावै भ्रष्ट शासकहरूबाट देशलाई मुक्त गर्नु पर्ने भएकोले आन्दोलनको तयारी गर्नुपर्ने आबश्यकता औल्याउनुभयो।