अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४० | Colorodo: 09:55

सरकारले कोरोना बिमाबापतको रकम भुक्तानी नगरेको भन्दै सर्वाेच्चमा रिट

बिआरटीनेपाल २०८१ भदौ २३ गते ६:२८ मा प्रकाशित

सरकारले कोरोना बिमाबापतको रकम नदिएको भन्दै बिमा कम्पनीहरूले सर्वोच्च अदालतमा रिट हालेका छन् । १४ वटै निर्जीवन कम्पनीका तर्फबाट आइतबार रिट दायर गरिएको नेपाल बिमक संघका महासचिव अशोककुमार खड्काले जानकारी दिनुभयो ।

सरकारले कोरोना बिमाबापतको करिब ११ अर्ब रुपैयाँ दिन बाँकी रहेको संघको भनाइ छ । मुद्दाको छिनोफानोसँगै कोरोना बिमा भुक्तानीको विषय टुंगो लाग्ने अर्थ मन्त्रालयका अधिकारी बताउँछन् ।

कोरोनाको समयमा बिमा प्राधिकरणले गलत नीति लिँदा अहिलेको अवस्था सिर्जना भएको बताइँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू