अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४९ | Colorodo: 10:04

खेलकुद क्षेत्र नेपाललाई विश्वभर चिनाउने कडी हो : देउवा

बिआरटीनेपाल २०८१ भदौ २३ गते ६:२६ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताउनुभएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा पारालम्पिकमाकांस्य पदक विजेता पलेशागोवर्धनलाई सम्मान गर्दै देउवाले खेलाडीहरू राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीहरूको सम्मान गर्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाली कांग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको पनि बताउनुभयो । सभापति देउवाले नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको कांस्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको भन्दै पलेशाको प्रशंसा गर्नुभयो । ‘पलेशागोवर्धनजी जो हुनुहुन्छ, उहाँले अत्यन्तै नेपाललाई कांस्य पदक जिताउनुभयो । जिताउन सफल हुनुभएकोमा सबै नेपालीहरूको तर्फबाट, हाम्रो पार्टीको तर्फबाट हार्दिक बधाई । भोलिका दिनमा अझ बढी पदक प्राप्त गर्ने सफलता मिलोस्’, देउवाले भन्नुभयो ।

कांग्रेसले सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजार, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख ५० हजार र कांस्य पदक विजेता खेलाडी पलेशालाई पाँच लाख नगदसहित सम्मान प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू