अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३१
| Colorodo: 01:46
पहिराे खसेर अवरुद्ध भएको कर्णाली राजमार्ग १८ घण्टापछि सञ्चालनमा आएकाे छ । हिजाे बेलुकीकाे वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकाेटकाे शुभकालिका गाउँपालिका–१ एसमोड र गगने खोलामा ढुङ्गासहितको पहिराे खस्दा राजमार्ग अवरुद्ध भएको थियाे ।
जिल्ला प्रहरी कार्यालय कालीकोट, सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय कालीकाेटकाे सक्रियतामा राजमार्ग पूर्णरूपमा खुलेकाे कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुभयो ।