अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 18:44

भेनेजुएलाका विपक्षी नेता शरण खोज्दै स्पेनमा

बिआरटीनेपाल २०८१ भदौ २३ गते ६:१० मा प्रकाशित

भेनेजुएला सरकारले राष्ट्रपति पदका विपक्षी दलका उम्मेदवार एडमन्डो गोन्जालेजले स्पेनमा शरण खोज्दै देश छोडेको जनाएको छ । उप–राष्ट्रपति डेल्सी रोड्रिग्वेजले सामाजिक सञ्जालमा केही दिनअघि गोन्जालेजले काराकसमा रहेको स्पेनी दूतावासमा स्वेच्छाले शरण लिएको उल्लेख गर्नुभएको छ ।स्पेनका विदेशमन्त्री जोसे म्यानुएल अल्बारेसले गोन्जालेज आफ्नै अनुरोधमा स्पेनिस वायुसेनाको विमानबाट देश छाडेको बताउनुभएको छ । उहाँले स्पेन सरकार भेनेजुएलाका सबै राजनीतिक अधिकारका लागि प्रतिबद्ध रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

भेनेजुएलाका विपक्षी दलका नेता गोन्जालेजलाई केहि दिनअघि एक अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । गएको जुलाईमा राष्ट्रपतिका लागि भएको चुनावमा निकोलस मादुरो फेरि सत्तामा फर्किएपछि विपक्षीले धाँधली भएको आरोप लगाउँदै आएका छन् । सरकार नियन्त्रित राष्ट्रिय निर्वाचन परिषद्ले निकोलस मादुरोलाई विजयी घोषणा गरेको थियो । तर विपक्षीले चुनावको नतिजा र घोषणामा विवाद गरेपछि उहाँलाई पक्राउ गर्न पुर्जी जारी भएको हो । भेनेजुएला राजनीतिक सङ्कटमा गहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू