अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 08:20

अमेरिकी विदेशमन्त्री ब्लिन्केन अर्को हप्ता बेलायत जाने तय

बिआरटीनेपाल २०८१ भदौ २३ गते ५:५१ मा प्रकाशित

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्व र युक्रेनबारे छलफल गर्न अर्को हप्ता बेलायत जानु हुने भएको छ । अर्को हप्ताको सोमवार र मङ्गलवारका लागि ब्लिन्केनको भ्रमण तय भएको हो ।बेलायतको सरकारमा नयाँ नेतृत्व आएसँगै हुन लागेको यो अमेरिकी उच्च अधिकारीको पहिलो भ्रमण हो । विदेशमन्त्री ब्लिन्केनले दुई देशबीचको रणनीतिक वार्तासँगै मध्यपूर्व र युक्रेनलाई सहयोग गर्ने सामूहिक प्रयासबारे छलफल हुने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

ब्लिन्केनको बेलायत भ्रमणअघि आउँदो शुक्रवार बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले अमेरिकाको भ्रमण गर्दै हुनुहुन्छ । बेलायत र अमेरिकाले धेरैजसो विश्वव्यापी मुद्दाहरूमा आपसी सहकार्य गरेका छन् । तर स्टार्मरले पदभार ग्रहण गरेदेखि नै इजरायलमाथि कडा कदम चाल्नुभएको छ । उहाँको सरकारले मानवीय कानूनको उल्लङ्घन गर्न प्रयोग हुन सक्ने जोखिमलाई उद्धृत गर्दै केही हतियार ढुवानी स्थगन गर्ने घोषणा गरेको छ ।

यस्तै बेलायतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई पक्राउ गर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालतको अधिकारलाई चुनौती दिने पूर्ववर्ती सरकारको योजना पनि रद्द गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू