अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५२
| Colorodo: 00:07
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज एक खर्ब रुपैयाँ तरलता खिचेको छ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत एक खर्ब रुपैयाँ तरलता खिचेको राष्ट्र बैंकले जनाएको छ । यसअघि भदौ २ गते राष्ट्र बैंकले खिचेको एक खर्ब रुपैयाँ आज परिपक्व भएको छ । आज नै राष्ट्र बैंकले २१ दिनका लागि एक खर्ब खिचेको हो ।
राष्ट्र बैंकले यसअघि भदौ १२ गते २२ अर्ब २० करोड र भदौ १९ गते ३७ अर्ब ८० करोड रुपैयाँ लिएको थियो । गएको साउनपछि नेपाल राष्ट्र बैंकले २ खर्ब ४६ अर्ब ४० करोड रुपैयाँ तरलता लिइसकेको छ । यसबाहेक स्थायी निक्षेप सुविधाअन्तर्गत ५६ खर्ब ७५ अर्ब १० करोड रुपैयाँ तललता खिचेको छ । निक्षेप बढिरहेको बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता अर्थात् ऋण दिन मिल्ने रकम थुप्रिएको हो ।