अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३० | Colorodo: 09:45

दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई आवास र सञ्चारको समस्या

बिआरटीनेपाल २०८१ भदौ २३ गते ५:४७ मा प्रकाशित

मुस्ताङको तीर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई आवास र सञ्चारको समस्या भएको छ । समुद्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा नम्बर ४ मा पर्दछ । भौगोलिक रूपमा विकट, दुर्गम र बस्तीदेखि टाढा उच्च हिमाली क्षेत्रमा रहेको दामोदरकुण्ड र त्यहाँ जाने पदमार्गमा होटल तथा लज छैनन् । दुई वटा डाँडा पार गरेर दामोदर कुण्ड पुग्ने तीर्थयात्री धर्मशालामा बास बस्नुपर्छ ।

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले घिमीठाँटी र दामोदरकुण्डमा दुई वर्षअघि बनाइएको भवनमा दाताको सहयोग जुटाएर असारदेखि भदौको दोस्रो हप्तासम्म निःशुल्क भोजन तथा आवास सुविधासहितको धर्मशाला सञ्चालन भएको छ । धर्मशालाका कर्मचारी कर्म रेङ्गे गुरुङले आर्थिक र जनशक्ति अभावका कारण दुई महिनाभन्दा बढी समय धर्मशाला सञ्चालन गर्न नसक्दा तीर्थयात्री र पर्यटकलाई समस्या भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू