अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१० | Colorodo: 13:25

रास्वपाबाट तर्सिएर लखेट्न थालियो : डीपी अर्याल

बिआरटीनेपाल २०८१ भदौ २२ गते ६:४८ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले आफ्नो पार्टीको सफलता देखेर लखेट्ने काम भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर गरेका काम–कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरूले लखेट्ने गरेको जिकिर गर्नुभयो ।

रास्वपाप्रति जस्तो टीकाटिप्पणी गरिए पनि पार्टी स्थापनाका समयमा गरेका प्रतिबद्धतालाई आफूहरूले नभुलेको उल्लेख गर्दै उहाँले पार्टी थप परिष्कृत भएर अघि बढेको बताउनुभयो । अर्यालले रास्वपा अरू पार्टीभन्दा धेरै भिन्न रहेको बताउनुभयो । यसको नीति र योजना स्पष्ट रहेको उहाँको जिकिर थियो । रास्वपाका कोही नेताले व्यक्तिगत स्वार्थ नहेरी देश र जनताका निम्ति योगदान दिने अर्यालले बताउनुभयो । अर्यालले देश बनाउने रास्वपाको अभियान संविधानभित्र रहेर अघि बढाइने पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू