अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको अध्ययन हुने पक्का, बी एन्ड सी मेडिकल कलेजलाई ५० वटा कोटा

बिआरटीनेपाल २०८१ भदौ २२ गते ६:४० मा प्रकाशित

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको अध्ययन/अध्यापन हुने पक्का भएको छ । चिकित्सा शिक्षा आयोगले पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ५०/५० जना विद्यार्थी पढाउन पाउनेगरी कोटासमेत छुट्याएको छ ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एमबीबीएस पढाई शुरु हुनु खुसीको विषय भएको बताउनुभएको छ । मन्त्री पौडेलले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमासमेत यसै वर्षदेखि एमबीबीएस अध्ययन अध्यापन गराउने गरी तयारी भइरहेको बताउनुभएको छ ।

सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत दक्ष जनशक्ति उत्पादन गर्ने र नागरिकलाई स्वास्थ्य सेवा दिने उदेश्यले तीन सय शय्याभन्दा माथिका अस्पतालमा क्रमशः एमबीबीएसको पढाई शुरु गर्ने लक्ष्य लिएको छ । यस्तै आयोगले व्यवसायी दुर्गा प्रसाईँको बी एन्ड सी मेडिकल कलेजलाई पनि ५० जना विद्यार्थीलाई एमबीबीएस पढाउन पाउनेगरी कोटा दिएको छ । आयोगले गएको बिहिवार २५ वटा अस्पताल, मेडिकल कलेज तथा प्रतिष्ठानलाई २१ सय ४० जना विद्यार्थीको कोटा छुट्याइदिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू