अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५३ | Colorodo: 13:08

माधव नेपाल रुसबाट स्वदेश फिर्ता, नयाँ नेतृत्वपछि नेताहरूलाई जिम्मेवारी तोक्ने तयारी

बिआरटीनेपाल २०८१ भदौ २२ गते ६:३३ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वदेश फर्किनुभएको छ । यही भदौ १६ गते रुस प्रस्थान गरेका नेपाल आज स्वदेश फर्किनुभएको हो । मल्टी पोलारिटी फोरम विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाल रुस जानुभएको थियो। सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म चलेको थियो । साथै अध्यक्ष नेपालले साउथ एसियन इकोनोमिक फोरमको समूहगत छलफलमा पनि सहभागिता जनाउनुभएको थियो ।

रुसमा सम्पन्न कम्युनिष्ट नेताहरुको बैठकमा भाग लिन पुगेका अध्यक्ष नेपालले चीन, रुसलगायत देशका कम्युनिष्ट नेताहरुबीचको बैठकमासमेत उहाँले सहभागिता जनाउनुभएको थियो । स्वदेश फर्किएपछि अध्यक्ष नेपालले आफूलाई स्वागत गर्न पुगेका नेता तथा कार्यकर्तालाई आफ्नो भ्रमण सफल भएको बताउनुभयो । भ्रमणबाट नेपालको पहिचान तथा विशेषतालाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्‍याउन र समाजवादी तथा कम्युनिष्ट पार्टीहरूबीच आफ्नो पार्टीको सम्बन्ध विस्तार गर्न सहयोग पुगेको उहाँले बताउनुभयो ।

अध्यक्ष नेपाल स्वदेश फर्किएसँगै पार्टीका विभिन्न केन्द्रीय विभाग, इन्चार्जसहितको जिम्मेवारी तोकिने तयारी रहेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताउनुभयो । नेकपा एसले हालैमात्र निर्वाचन प्रक्रियाबाट पदाधिकारी र पोलिटब्युरोलाई पूर्णता दिएको थियो । पार्टीका सबै कमिटीले पूर्णता पाएपछि अब बैठक राखेर नेताहरुलाई जिम्मेवारी दिने नेकपा एसको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू