अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५५ | Colorodo: 13:10

अस्ट्रेलिया र स्कटल्याण्डबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज

बिआरटीनेपाल २०८१ भदौ २२ गते ५:४३ मा प्रकाशित

अस्ट्रेलिया र घरेलु टोली स्कटल्याण्डबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदैछ । खेल नेपाली समयअनुसार पानै ७ बजे एडिनवर्गमा हुनेछ ।यसअघि स्कटल्याण्डसँगको टी–२० श्रृङखला अस्ट्रेलियाले जितेको छ । तीन खेलको श्रृङखला अस्ट्रेलियाले एक खेल अगाडि नै जितेको हो ।

हिजो भएको खेलमा अस्ट्रेलियाका लागि विकेटकिपर जोस इङ्ग्लिसले ४३ बलमा शतक बनाएर उनी अस्ट्रेलियाका लागि टी–२० मा सबैभन्दा कम बलमा शतक बनाउने खेलाडी बनेका छन् । उनले ४९ बलमा एक सय तीन रन जोडे । यसअघि आरोन फिन्च, ग्लेन म्याक्सवेल र इङ्ग्लिसले नै समान ४७ बलमा शतक पूरा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू