अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५९ | Colorodo: 13:14

आक्रमणको धम्कीपछि भारतीय यात्रुवाहक विमान टर्कीमा आपत्‌कालीन अवतरण

बिआरटीनेपाल २०८१ भदौ २२ गते ५:३६ मा प्रकाशित

मुम्बईबाट फ्रान्कफर्ट जाँदै गरेको एयर भिस्टारा यात्रु विमानले बमको धम्कीपछि  पूर्वी टर्कीमा आपत्‌कालीन अवतरण गरेको छ । २४७ यात्रु र चालक दलका सदस्य बोकेको विमान एर्जुरम विमानस्थलमा अवतरण गरेको थियो । धम्की दिनेको खोजी भइरहेको बताइएको छ ।

भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त उद्यम विस्ताराले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन । टर्कीका अधिकारीहरूले अहिलेसम्म बमको खतरा वा चेतावनीबारे विस्तृत विवरण दिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू