अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५७ | Colorodo: 13:12

संविधानमार्फत सबै समुदायको अधिकार सुनिश्चित गरेका छौं, अब समाजवादको विकल्प छैन- प्रचण्ड

बिआरटीनेपाल २०८१ भदौ २२ गते ५:२४ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ । १२ वर्षे रुद्रायणी मेला समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यही योगदानको फलस्वरुप संविधानमार्फत सबै समुदायको अधिकार एक हदसम्म सुनिश्चित गरेको बताउनुभयो।

प्रचण्डले भन्नुभयो ‘देशको आर्थिक विकास, सामाजिक सौहार्दता र संस्कृति संरक्षणको क्षेत्रमा मात्रै नभई नेवाः समुदायले देशको राजनीतिक परिवर्तनको लागि पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आइरहेको इतिहास छ । खासगरी १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अविस्मरणीय छ । यही योगदानको फलस्वरुप हामीले संविधानमार्फत सबै जाति, क्षेत्र, लिंग, भाषी समुदायको अधिकार एक हदसम्म सुनिश्चित गरेका छौं ।’ अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धि हुँदै जनताले देखेको समाजवादको सपना पूरा गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू