अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१० | Colorodo: 13:25

मणिपुरमा हिंसा भड्किँदा पाँच जनाको ज्यान गुम्यो

बिआरटीनेपाल २०८१ भदौ २२ गते ५:१० मा प्रकाशित

पूर्वोत्तर भारतीय राज्य मणिपुरमा हिंसा भड्किँदा शनिबार मात्रै पाँच जनाको ज्यान गुमेको छ।भारतीय सञ्चारमाध्यम हिन्दुका अनुसार पूर्वमुख्यमन्त्रीको घरमा आक्रमणको भोलिपल्ट शनिबार फेरि हिंसा भड्किएको हो। मणिपुरको जिरिवाम जिल्लामा शनिबार बिहान भएका छुट्टाछुट्टै गोलीकाण्डमा पाँच जनाको ज्यान गुमेको हो। इम्फालमा रहेको मणिपुर राइफल्सको मुख्यालयमा पनि भीडले आक्रमण गरेको छ। सुरक्षाकर्मीको जवाफी कारबाहीमा ५ जना घाइते भएका छन्।

प्रहरीका अनुसार पहिलो घटना जिल्ला सदरमुकामबाट करिब सात किलोमिटर टाढा जिरिवाममा भएको हो। संदिग्ध पहाडी लडाकुले घरमा घुसेर सुतिरहेका कुलेन्द्र सिंह नामका एक वृद्धलाई गोली हानेर हत्या गरेका छन्। वृद्धको हत्यापछि जिरिवाममा कुकी र मैतेई समुदायबीच गोली हानाहान भएको थियो जसमा ४ जनाको मृत्यु भएको छ। बिहानैदेखि उक्त क्षेत्रमा लगातार गोली चलेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू