अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०७ | Colorodo: 13:22

एन्फा महिला फुटबल लिगमा एपीएफले आर्मीलाई हरायो

बिआरटीनेपाल २०८१ भदौ २२ गते ५:०८ मा प्रकाशित

एन्फा महिला लिग फुटबलअन्तर्गत आजको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफले आर्मीलाई २–१ गोलले हराएको हो ।

एपीएफको लागि सविता रानामगर र गीता रानाले एक/एक गोल गरे । आर्मीकी बिमला चौधरीले एक गोल फर्काइन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको लिगमा तीन विभागीय टोली, ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका दुई क्लब, दुई नगरपालिका र तीन वटा प्रदेश गरी १० टोली सहभागि छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू