अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

चीनको हाइनानमा एक दशकयताकै शक्तिशाली आँधी : चार लाख मानिसलाई सुरक्षित ठाउँमा सारियो

बिआरटीनेपाल २०८१ भदौ २२ गते ५:०५ मा प्रकाशित

चीनको दक्षिणमा रहेको हाइनान एक दशकयताकै शक्तिशाली आँधीबाट प्रभावित भएको छ । बेगसहितको हावा र मुसलधारे पानीले जनजीवन प्रभावित बनाएको छ । चीनको मौसम विभागले शरद ऋतुमा आएको यो सबैभन्दा शक्तिशाली आँधी भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

सुपर टाइफुन ‘यागी’ हिजो स्थानीय समय अनुसार ४ बजे दुई सय २३ किलोमिटर प्रतिघण्टाको दरमा वेनचाङ शहरमा प्रवेश गरेको थियो । यो आँधी आउनुअगावै हाइनान टापुका झण्डै चार लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको थियो । रेल, डुङ्गा र उडान निलम्बित गरिएको थियो । स्कूलहरू पनि बन्द रहेका थिए ।

हाइनान चीनको दक्षिणमा रहेको एक लोकप्रिय पर्यटक टापु पनि हो । यसअघि ४६ जनाको ज्यान जाने गरी सन् २०१४ मा आएको राममासुनपछि हाइनानमा प्रवेश गर्ने ‘यागी’ सबैभन्दा शक्तिशाली समुद्री आँधी हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू