अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१२ | Colorodo: 13:27

अमेरिकी राष्ट्रपति बाइडेनका छोराद्वारा कर छली मुद्दाका सबै आरोप स्वीकार

बिआरटीनेपाल २०८१ भदौ २१ गते ६:११ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले आफूविरुद्धको कर छली मुद्दामा लागेका सबै नौ वटा आरोप स्वीकार गर्नुभएको छ । यसअघि हन्टर बाइडेनले सन् २०१६ देखि २०१९ को अवधिको आयमा जानाजान १४ लाख डलर नतिरेको भन्ने आरोपलाई अस्वीकार गर्दै आउनुभएको थियो ।

५४ वर्षीय हन्टर बाइडेनले आफ्नो निर्दाेष दाबी गर्दै मुद्दाको सामना गर्न चाहेकोमा अभियोजकहरूको आपत्तिपछि आरोप स्वीकार्न राजी हुनुभएको बीबीसीले जनाएको छ । उहाँलाई अधिकतम १५ वर्षसम्मको जेल सजाय र ५ देखि १० लाख डलरसम्मको जरिबाना हुनसक्ने बताइएको छ । यो मुद्दामा आउँदो डिसेम्बर १६ अर्थात् राष्ट्रपति पदको चुनाव सकिएको एक महिनापछि सुनुवाइ हुने खबरमा उल्लेख छ ।

राष्ट्रपति जो बाइडेनले आफ्नो छोरालाई माफी दिनका लागि आफ्नो अधिकार प्रयोग नगर्ने बताउनुभएको थियो । अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ । राष्ट्रपति बाइडेनका छोरा तीन महिनाअघि बन्दुक राख्ने र लागूऔषध प्रयोगको छुट्टाछुट्टै मुद्दामा दोषी ठहर हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू