अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५६ | Colorodo: 13:11

तीजको दिन सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख ५३ हजार ३ सय पुग्यो

बिआरटीनेपाल २०८१ भदौ २१ गते ६:०८ मा प्रकाशित

सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । गएको सोमवारदेखि भाउ घटबढ नभएको सुन आज शुक्रवार हरितालिका तीज पर्वको दिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।

सोमवार, मङ्गलवार, बुधवार, हिजो बिहीवार गरी लगातार चार दिन तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलाको एक लाख ५३ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको भदौ १३ गते अहिलेसम्मकै उच्च तोलामा एक लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ ३० रुपैयाँ बढेको छ । हिजो एक हजार सात सय ६५ रुपैयाँ रहेको चाँदी आज तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू