अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०७ | Colorodo: 13:22

रोनाल्डोको कीर्तिमानी ९ सयौं गोल, पोर्चुगलले क्रोएशियालाई हरायो

बिआरटीनेपाल २०८१ भदौ २० गते २२:४१ मा प्रकाशित

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ९ सयौं गोल गरेका छन् । नेशन्स लिगमा गएराति क्रोएशियासँगको खेलमा एक गोल गर्दै रोनाल्डो माथिल्लो स्तरमा ९ सय गोल गर्ने पहिलो खेलाडी बनेका हुन् ।

यो खेलमा पोर्चुगलले क्रोएशियालाई २–१ गोलले हरायो । पोर्चुगलका लागि अर्काे गोल डियोगो डलोटले गोल गरे । पोर्चुगलका लागि रोनाल्डोको यो १ सय ३१ औं गोल हो । गोल गरेपछि उनी भावुक बनेका थिए । रोनाल्डोले पोर्चुगलसहित स्पोर्टिङ लिब्सन, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्ट्स र अल नासरबाट खेल्दै ९ सयौं गोल पूरा गरेका हुन् ।

यो जीतसँगै पोर्चुगलले नेशन्स लिगको समूह ‘ए’ मा ३ अङ्क जोडेको छ । गएराति भएको यही समूहको अर्काे खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३–२ गोलले हराएको छ । यस्तै अन्य खेलमा सान मारिनो, नर्दन आयरल्यान्ड, स्लोभाकिया र डेनमार्क विजयी भएका छन् । सर्बिया र स्पेनले भने गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू