अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५३ | Colorodo: 13:08

फ्रान्सको प्रधानमन्त्रीमा मिसेल बार्नियर मनोनीत

बिआरटीनेपाल २०८१ भदौ २० गते २२:२८ मा प्रकाशित

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँनले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई मनोनीत गर्नुभएको छ ।फ्रान्समा गएको जुलाईमा भएको चुनावबाट सरकार गठनका लागि कुनै पनि दललाई बहुमत प्राप्त हुन सकेको थिएन । युरोपेली सङ्घ (ईयू) बाट बेलायतको बहिर्गमन अर्थात् (ब्रेक्जिट) का लागि प्रमुख वार्ताकारका रूपमा काम गरेका ७३ वर्षीय बार्नियरलाई सबैलाई मिलाएर लैजान सक्ने नेताका रूपमा विश्वाससहित राष्ट्रपति म्याक्रोँनले मनोनीत गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

बार्नियर दक्षिणपन्थी रिपबल्किन्स पार्टीका वरिष्ठ नेता हुनुहुन्छ । उहाँले फ्रान्स र ईयू दुवै ठाउँमा वरिष्ठ पदमा रहेर काम गरिसक्नुभएकाे छ । गएको जुलाई १६ तारिखमा म्याक्रोँनले तत्कालीन प्रधानमन्त्री ग्याब्रियल अट्टलको राजीनामा स्वीकृत गर्नुभएको थियो ।

नयाँ सरकारले सन् २०२५ का लागि बजेट कानूनको मस्यौदा पेश गर्न अक्टोबर १ को समयसीमा तोकिएको छ । वार्षिक उत्पादनको ११० प्रतिशतसम्म ऋण थुप्रिएको फ्रान्सले यस वर्ष ‘स्ट्यान्डर्ड एन्ड पुअर्स’ बाट क्रेडिट रेटिङ कटौतीको सामना गरेको छ र युरोपेली आयोगले यसलाई अत्यधिक घाटाका लागि जिम्मेवार मानेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू