अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५० | Colorodo: 13:05

रुस–युक्रेन वार्तामा चीन, ब्राजिल र भारतले मध्यस्थता गर्न सक्छन् : राष्ट्रपति पुटिन

बिआरटीनेपाल २०८१ भदौ २० गते २२:२१ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्धविराम वार्ताका लागि चीन, ब्राजिल र भारतले मध्यस्थता गर्न सक्ने बताउनुभएको छ । रुसी शहर भ्लादिभोस्तोकमा ‘इस्टर्न इकोनोमिक’ फोरममा रुसी राष्ट्रपति पुटिनले युक्रेनसँग चलिरहेको युद्ध रोकिन सक्ने र युद्धविरामका लागि चीन, ब्राजिल र भारतले मध्यस्थता गर्न सक्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

पुटिनले आफूहरूले आफ्ना साथी र सहयोगीहरूलाई सम्मान गर्ने तथा युद्धविरामका लागि सबैभन्दा पहिले चीन, ब्राजिल र भारतसँग सम्पर्कमा रहेको बताउनुभएको खबरमा उल्लेख छ । राष्ट्रपति पुटिनले युक्रेनसँग युद्धविराम गर्ने सहमति भए पनि युक्रेनले पश्चिमी देशहरूको प्रभावमा आएर युद्ध जारी राखेको आरोप लगाउनुभएको छ । युक्रेनले रुसलाई रणनीतिक रूपमा हराउन चाहेको तर त्यो नभइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू