नेपाली हिन्दु नारीहरूको महान् चाड हरितालिका तिज महत्त्वपूर्ण चाडको रूपमा मानिन्छ । विशेष त शिवजी जस्तो वर पाउ भनेर कठोर व्रत बसी मनाइने पर्वको छुट्टै महत्त्व छ । भगवानकै पालामा माता पार्वतीले भगवान् शिवजी पति पाउ भनेर कडा व्रत भनेको श्वास समेत नफेरी निलाहार व्रत बस्नु भएको कारण जुन योग या तपस्या गर्नु भो त्यसलाइ हठ योग भनिन्छ । माता पार्वतीको हठ योग व्रतकै कारणले गर्दा भगवान् शिव साक्षात्कार हुनु भयो र आशीर्वाद दिनु भो माता पार्वती तिमिले मलाइ पाउनको लागि यति कष्टकर व्रत बस्यौ दिनभर मुखमा पानी पनि नहाली श्वास समेत नफेरी यसरी मेरो स्तुति गायौ म तिम्रो तपस्याले धेरै खुसी भए । भन आज म तिम्रो सामु नतमस्तक भएर उभिएको छु अब म तिम्रो यो हठ युक्त जुन योग छ त्यसलाइ तथास्तु भनिदिन्छु भनेर भगवानले भने पछि माता पार्वती खुसीले गदगद हुनु भो त्यसपछी शिवरात्रिको दिन भगवान् शिव र पार्वतीको विवाह भएको थियो ।
यसरी भगवान् कै पाला देखि नै असल वर पाउ भनेर कठोर रूपमा निलाहार उपबास बसी दिन भरी शिवजीको मन्दिरमा गई नाना थरीका नैबेद्ध्यहरु, विभिन्न थरिका फुलप्रसादिहरु चढाइ विभिन्न खालको तिजको गीतहरू गाएर नाचेर शिवजी जस्तो वर पाउ भने हिन्दु नारीहरूले मनको भावनाहरू गीत मार्फत पोखेर मनाउने चलन छ । यो चलन परापुर्बकाल देखि चलेको हुनाले विशेष गरी हिन्दु नारीहरुले मनाउने चलन रहेको छ । हिन्दु नारीहरूको महान् पर्व भएको हुँदा परम्परा अनुसार तिजमा विवाह गरेर दिएको छोरीहरूलाई आफ्नो जन्म घर यानेकी माइतमा आउनको लागि तिज आउन भन्दा केही दिन अगाडि नै लिन जाने चलन छ । पहिले पहिले यातायातको सुविधा नहुँदा झोलुङे पुलहरू नहुँदा नदी खोला तर्नु पर्ने लामो बाटो दिदीबहिनीहरूलाई दाजु भाइले लिएर आउने जुन चलन छ त्यो चलन निरन्तर अहिले सम्म पनि चलिनै रहेको छ । सामाजिक बिसङती, कुरुती, पछौटेपन आदिलाई गीतकै माध्यमद्वारा अभिव्यक्त गरेर दुख सुखको पिर मर्का व्यक्त गर्ने परम्परा पनि रहेको छ । यसरी गीतको माध्यम द्वारा गाउँ घरका दिदी बहिनीहरू एकै ठाउँमा बसेर रमाइलो गरी पानी पनि मुखमा नराखी कठोर खालको व्रत बस्ने चलन भएको हुँदा सम्पूर्ण इष्टमित्रहरूसंग पनि भेट हुने मनको भावनाहरू पनि पोख्न पाइने भएको हुँदा महिलाहरूलाई यो पर्वको छुट्टै महत्त्व हुन्छ ।
तिजको पर्व सङै ऋषिपञ्चमी पर्व पनि जोडिएको छ । विशेष गरी नारिहरूँ रजस्वला भएपछि विभिन्न ठाउँमा बस्दा केही कुराहरू बार्नु पर्ने हुन्छ त्यो बार्नको लागि धेरै अप्ठ्याराहरू छन् नचाहँदा नचाहँदै पनि प्राकृतिक कुरो भएको हुँदा बार्न नै नभ्याउने अवस्थाहरू हुदारहेछ्न यो अवस्थाबाट सरल उपाय तिर लैजानको लागि हामीले ऋषि पञ्चमी मनाउँदै आइरहेका छौ । भगवानको पालाको कुरो गर्ने हो भने स्वर्ग लोकका इन्द्रले आफ्नो गुरु विश्वरूपलाई गुरु मान्दथे । ती विश्वरूप गुरु दानवहरूका पनि भान्जा थिए । गुरु विश्वरूपलाई इन्द्रले आफ्नो गुरु मानिरहेको अवस्थामा इन्द्रलाई कुनै कुरामा मोह जाग्यो । जसको फलस्वरूप गुरु विश्वरूपलाई इन्द्रले मारिदिए भगवान् इन्द्रलाई ब्रह्म हत्याको पाप लाग्यो । इन्द्रलाई ब्रह्म हत्याको पापले पाताल जानू पर्यो । जुन कारणले इन्द्रले पाप गरे त्यो मोक्ष हुनको लागि धेरै कष्ट सहन पर्ने थियो । भगवान इन्द्रलाई ब्रम्हहत्याको पाप लागेपछि पृथ्वी तेज आकाश बायुमा भएका हरेक प्राणीलाई असर भयो । इन्द्र बेगरको पानी परेन पानी नभए पछि सब अन्धकारमय हुने भयो भनेर देवताहरूले सर सल्लाह गरे अब इन्द्रलाई बोलाउनु पर्यो भने ।
इन्द्रलाई कसरी बोलाउने उसले त ब्रह्म हत्या गरेका छ उसले पापको मोक्ष पाउने बेला भएको छैन भन्ने कुरो भयो । त्यस्पछी इन्द्रको पाप कटाउन वा ब्रह्म हत्याको अन्त्य कसरी गर्न सकिन्छ भनेर भगवानहरुले कुरो राख्दा ब्रह्मजीको चार भागको सामर्थ्य छ ती चार सामर्थ्य कसले बढ्ने भनेर सल्लाह लिँदा १)पृथ्वी माता २)नारी शक्ति ३) अग्नि र ४)जलगङा
यसरी चार भाग लगाएर ब्रह्म हत्याको पाप कटनीको लागि भाग लगाइयो पृथ्वी माताले मलाई नपोती कुनै पनि कार्य गर्न हुँदैन र चट्टानमा कुनै पनि बिरुवा नहोस् भन्दा मानिन । त्यस्तै नारीलाई सामार्थ्यवान होउन् सन्तान उत्पादन गर्न सक्ने क्षमता साथै ईश्वरीय शक्ति पुरुषहरूले नारीलाई मानुन् भन्ने । र रजस्वला हुँदा बार्नु पर्छ भन्ने । त्यस्तै अर्को ब्रह्म हत्याको पाप मोक्षको लागि अग्निले लिइन । अग्निले म चाहे भने आगो फुक्न लाग्दाको मुस्लो बनेर ब्रह्म हत्याको पाप कटनी गर्छु भने त्यस्पछी जल गङाले पनि एक भाग लिइन जुन वर्षाको समयमा तछाड मछाड गर्दै धमिलो हुँदै बग्ने बिग्रह्को रूप लिएर बसिन असरी इन्द्र भगवानले ब्रह्म हत्या गर्नु भएको हुँदा ब्रह्म हत्याको पाप कटनी गर्न पर्दा चार भागमा बाडेर इन्द्र्लाइ मोक्ष दिएका थिए ।
त्यसैको फल स्वरूप हो ऋषि पञ्चमीमा सप्तऋषिहरुको पुजा गर्न अरुन्धत्ती सप्तऋषिहरु १)कश्यप २) अतृ ३)वसिष्ठ ४)विश्वामित्र ५) जमदग्नी ६)भारद्वाज ७) गौतम ऋषिहरूको नाममा पुर्खाले संस्कृति जोगाउने हिसाबले आज सम्म हिन्दु नारीहरूले मनाउँदै आएको हामी पाउँछौ ।