अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५९ | Colorodo: 13:14

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट फेरि १९ अर्ब रुपैयाँ निक्षेप तान्यो

बिआरटीनेपाल २०८१ भदौ २० गते ७:२५ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट हिजो फेरि १९ अर्ब रुपैयाँ निक्षेप तानेको छ । बजारमा कर्जाको माग बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको छ । त्यसैले राष्ट्र बैंकले हिजो २१ दिनका लागि १९ अर्ब रुपैयाँ निक्षेप तानेको हो ।

चालू आर्थिक वर्षको दुई महिना नपुग्दै राष्ट्र बैंकले दुई खर्ब ८० अर्ब रुपैयाँ निक्षेप तानेको छ । भदौको १२ गते मात्र राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । यसअघि राष्ट्र बैंकले यही भदौको २ गते एक खर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको थियो । यस्तै गएको साउन २३ गते ४० अर्ब, साउनको १० गते एक अर्ब १० करोड, साउनको १६ गते ४० अर्ब, साउनको ९ गते ४० अर्ब र साउनको २ गते ५० अर्ब रुपैयाँ राष्ट्र बैंकले निक्षेप सङ्कलन गरेको थियो ।

सरकारले आन्तरिक ऋण पनि उठाइरहेको छ । तर पनि बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिने क्रम रोकिएको छैन । बजारमा नयाँ कलकारखाना नखुल्दा र पुराना उद्योग कलकारखानाले क्षमता विस्तार नगर्दा बैंक तथा वित्तीय संस्थाले क्षमताअनुसार ऋण प्रवाह गर्न सकेका छैनन् । अहिले बैंक तथा वित्तीय संस्थामा झन्डै पाँच खर्ब रुपैयाँ अधिक तरतला रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू