अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०६ | Colorodo: 13:21

पूर्वप्रेमीले आगाे लगाएपछि युगान्डाकी ओलम्पिक धावककाे ज्यान गयाे

बिआरटीनेपाल २०८१ भदौ २० गते ७:२२ मा प्रकाशित

युगान्डाकी ओलम्पिक धावक रेबेका चेप्टेगीको पूर्वप्रेमीले पेट्रोल छर्केर आगो लगाएको केही दिनपछि ज्यान गएको छ ।भर्खरै भएको पेरिस ओलम्पिकमा भाग लिएकी ३३ वर्षीया धावक चेप्टेगीलाई पूर्वप्रेमीले गएको आइतवार पेट्रोल छर्किएर आगो लगाएका बीबीसीले जनाएको छ । आगलागीबाट उनको ८० प्रतिशत शरीर जलेको थियो । उनले प्रशिक्षण लिने उत्तर–पश्चिम केन्याका अधिकारीहरूले उनी दुई छोरीसहित चर्चबाट घर फर्किएपछि आक्रमण भएको खबरमा उल्लेख छ ।

ओलम्पिक धावक चेप्टेगी र उनका पूर्वप्रेमीबीच जमिनको विवादलाई लिएर झगडा भएको बताइएको छ । प्रहरीले यसबारेमा अनुसन्धान भइरहेको बताएको छ । केन्यामा महिला धावकमाथि हिंसाका घटनाहरू बढ्दो छ । सन् २०२१ अक्टोबरयता मारिने चेप्टेगी तेस्रो व्यक्ति हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू