अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५१ | Colorodo: 03:06

निजामति कर्मचारीले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल

बिआरटीनेपाल २०८१ भदौ २० गते ७:१२ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजामति कर्मचारीहरुले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।बिहीबार २१ औं निजामति दिवसको अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएको एक कार्यत्रममा बोल्दै यस्तो बताउनुभएको हो । अध्यक्ष ढकालले विगतको भन्दा पछिल्लो समय निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन भएपनि पर्याप्त नभएको बताउनुभयो । उहाँले वर्तमान कर्मचारी प्रशासकहरुले सबैभन्दा पहिला निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले निजी क्षेत्र नाफामुखी मात्रै हुन्छ, नाफाको लागि काम गर्छ भन्ने सोच परम्परागत भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले निजी क्षेत्रको भुमिकालाई विश्वका अन्य देशमा ठूलो सम्मान गर्ने गरेको बताउनुभयो । उहाँले नेपालमा त्यो खालको सम्मान नपाउने बताउनुभयो । उहाँले संघीयता आएसँगै तीन तहका सरकारले बनाएका कानूनमा दोहोरोपन रहेको बताउनुभयो । उहाँले संघीयता लागू भएसँगै पुँजीगत खर्चमा वृद्धि हुन सकेको बताउनुभयो । पुँजीगत खर्च वृद्धिको लागि कर्मचारी प्रशासनले बढी प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।अध्यक्ष ढकालले प्रशासकीय संघीयता बिना संघीयता अधुरो हुने विषयमा सहमत रहेको बताउनुभयो । उहाँले संघीयतालाई जीवन्त बनाउन प्रशासकीय पक्ष महत्वपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू